३० आश्विन २०८३, शुक्रबार

पत्रकार किशोर श्रेष्ठले रास्वपाको टोलीलाई उपलब्ध गराए खगेन्द्र सुनार प्रकरणको प्रमाण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको अडियो प्रकरणको आन्तरिक छानबिनका लागि जनआस्था साप्ताहिकले छानबिन टोलीलाई प्रमाण उपलब्ध गराएको छ ।

रास्वपाको आन्तरिक छानबिन समितिले माग गरेपछि जनआस्थाका सम्पादक किशोर श्रेष्ठले प्रकरणसँग सम्बन्धित अडियो तथा लिखित विवरण समितिलाई हस्तान्तरण गरेका हुन्।

शुक्रबार छानबिन समितिलाई प्रमाण बुझाउँदै सम्पादक श्रेष्ठले घटनासँग सम्बन्धित सामग्री उपलब्ध गराएको र निष्पक्ष छानबिनबाट सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेको जनाइएको छ।

रास्वपाको आग्रहअनुसार पेनड्राइभमार्फत अनुसन्धान सामग्री हस्तान्तरण गरिएको हो। प्रमाण बुझ्दै श्रेष्ठले आफूहरूमाथि कुनै दबाब वा प्रभाव नरहेको र प्राप्त तथ्यका आधारमा निष्पक्ष प्रतिवेदन सार्वजनिक गर्न छानबिन समितिलाई आग्रह गरेका छन्।

सांसद सुनारसँग जोडिएको विवादास्पद अडियो सार्वजनिक भएपछि रास्वपाले आन्तरिक छानबिन अघि बढाएको हो। समितिले घटनासँग सम्बन्धित विभिन्न पक्ष र प्रमाण संकलन गरिरहेको छ।