२० कार्तिक २०८३, शुक्रबार

संविधानसभा खारेज हुन्छ : नेता महरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-bahadur-mahara_20150105101812काठमाडौँ, १० साउन । एनेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले जतिसक्दो छिटो संविधान जारी गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालले राजधानीमा आयोजना गरेको वृहत सभालाई सम्बोधन गर्दै उहाँले संविधान जारी हुन ढिलो भए संविधानसभा खारेज हुन सक्ने चेतावनी दिनुभयो ।

‘नयाँ संविधान, २०७२ मा धर्मनिरपेक्षता र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक सभामा महासचिव महराले धार्मिक सापेक्षतावादविरुद्ध लड्ने पहिलो पार्टी एनेकपा (माओवादी) भएको ठोकुवा गर्नुभयो ।

उहाँले राज्यको कुनै धर्म हुन नहुने बताउँदै धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताबाट मात्र सबै धर्मको अस्तित्व कायम हुने बताउनुभयो । उहाँले राजतन्त्रको अन्त्य, धार्मिक सापेक्षतावाद, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मुद्दालाई तार्किक निष्कर्षमा पु¥याउने पार्टी एनेकपा माओवादी भएको उल्लेख गर्नु भयो ।