काठमाडौं, १० साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न दोस्रो ठूलो दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दैछ ।
काठमाडौंमा आज बिहान एघार बजेपछि बस्ने बैठकमा संविधान र त्यसमा आएका सुझावहरूका विषयमा छलफल हुनेछ ।
बैठकमा धार्मिक स्वतन्त्रता वा धर्मनिरपेक्षता कुन विषय नयाँ संविधानमा राख्ने तथा प्रस्ताव गर्ने भन्ने विषयमा छलफल हुने स्रोतको भनाइ छ ।
यसअघि शनिबार एमालेको पोलिटब्यूरो बैठकले धार्मिक स्वतन्त्रताका पक्षमा अडान राख्ने प्रारम्भीक सहमति गरेको थियो ।
बैठकमा साउन मसान्तभित्र नयाँ संविधान जारी गर्ने र प्रमुख दलहरूसँग भएका सहमतिका विषयमा पनि परामर्श हुनेछ ।












प्रतिक्रिया