काठमाडौं, ९ साउन । नेपाल प्रहरीका चर्चित वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश खरेलले प्रमुख राजनीतिक दलका नेतालाई चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै एसएसपी खरेलले नेतालाई गुमाउरो पारालेले चेतावनीको भाषा प्रयोग गरेका हुन् । एसएसपी खरेलले भनेका छन्-‘जनता ले अब नि हेरेर बस्ने छैनन्…..।’
देशमा संविधान निर्माणको प्रक्रिया अगाडि बढिरहेका बेला अब पनि अलमल गरे नेतालाई जनताले नछाड्ने चेतावनी उनको यो आक्रोशबाट दिन खोजेको छ । उसो त आफ्नै संगठनका सिनियर अधिकारीसँग नडराउने एसएसपी खरेलले केही नेतालाई खोरमा पनि हालिसकेका छन् ।
खोरमा हाल्न नसकेका नेतालाई एसएसपी खरेलले जनताको भाषाबाट चेतावनी दिएका हुन् । पदीय मर्यादा र संगठनको नियमानुसार सिधै बोल्न नपाउने भएपछि एसएसपी खरेलले जनताको नामबाट घुमाउरो पाराले नेतालाई सचेत गराउने उद्देश्यले चेतावनी दिएका हुन् । उनको यो आक्रोशबाट जनताले छिट्टै संविधान चाँहेको कुरा पनि नेतालाई भन्न खोजेको प्रष्ट हुन्छ ।
यस्तो छ रमेश खरेलको आक्रोश :














प्रतिक्रिया