
काठमाडौं, ७ असोज । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला घटनाक्रमलाई विदेशी षड्यन्त्रसँग जोड्दै कार्यकर्तालाई हरेस नखान आग्रह गरेका छन् ।
भेट्न आउने पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई अध्यक्ष ओलीले भन्ने गरेका छन्– “यो विदेशी षड्यन्त्र हो, सबै कुरा खानु, हरेस नखानु । नआत्तिनु, समयसँगै सत्य प्रकट हुन्छ । हाम्रो गल्ती केही छैन, सबै कुरा ठीक हुन्छ, फेरि हामी लयमा फर्कन्छौँ ।”

अध्यक्ष ओलीका अनुसार पार्टीप्रतिको विश्वास र दृढतामै शक्ति निहित छ । अध्यक्ष ओलीले समयले सत्य उजागर गर्ने विश्वास व्यक्त गर्दै पार्टी फेरि लयमा फर्किने दृढता दोहोर्याए ।

बालकोटस्थित निवासमा आगजनी भएपछि अध्यक्ष ओली अहिले भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । त्यही घरमै पालैपालो नेताहरूसँग भेटघाट गरी राय संकलन गर्दै पार्टी एकता र रणनीतिमा काम गरिरहेका छन् ।
पार्टीभित्र असन्तुष्टि चिर्न र आगामी कदम तय गर्न अध्यक्ष ओलीले चार दिनमै अधिकांश पदाधिकारीहरूसँग भेट गरिसक्ने क्रम जारी छ ।











प्रतिक्रिया