२८ आश्विन २०८३, बुधबार

मालीमा भएको आक्रमणको महासचिव बानको निन्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ban-ki-moon11_01

संयुक्त राष्ट्रसंघ, २९ जेठ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले मालीमा भएको राष्ट्रसंघीय शान्ति मिसनमाथिको आक्रमणको निन्दा गर्नुभएको छ ।

उहाँले राष्ट्रसंघीय सो शान्ति मिसनमाथिको हमला नागरिकको शान्तिप्रतिको चाहनामाथिको हमला हो भन्दै यस्तो क्रियाकलापको कुनै पनि शब्दले निन्दा गरेर नपुग्ने बताउनुभएको हो ।

मालीमा मङ्गलबार मात्र राष्ट्रसंघीय शान्ति मिसनका सदस्यमाथि आक्रमण गरिएके थियो । सो आक्रमणमा परी कम्तीमा पनि चारजना शान्ति सैनिक मारिएका थिए ।

सो आक्रमणका क्रममा थप छ जना शान्ति सैनिक नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । त्यहाँका सशस्त्र विद्रोहीले सो हमला गरेका थिए ।

चाडमा भएको सो हमलाबाट मारिएका शान्ति सैनिकका परिवारप्रति पनि उहाँले सहानुभूति व्यक्त गर्नुभएको थियो । उहाँले मारिएका सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

मालीका जनताको शान्ति र स्थायित्वका लागि जारी रहेको राष्ट्रसंघीय प्रयासमा यस्तो आक्रमणले कुनै पनि रुपमा कमी नआउने पनि उहाँले बुधबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । रासस÷एएफपी