वासिङ्गटन, २९ जेठ । अमेरिकी उपराष्ट्रपति जो बाइदेनले युक्रेनलाई अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बुधबार युक्रेनका राष्ट्रपतिसँगको टेलिफोन वार्ताका क्रममा सो प्रतिबद्धता व्यक्त गर्नुभएको ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
उहाँले सो फोनवार्तामा युक्रेनको वर्तमान अवस्था, रसियासँगको सम्बन्धका साथै अमेरिकाले युक्रेनलाई गर्ने सहयोगका बारेमा कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ ।
ह्वाइट हाउसका अनुसार हालैका दिनमा पूर्वी युक्रेनमा बढ्दो असुरक्षाका बारेमा कुराकानी गर्न युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोसँग उहाँले बुधबार सो फोनवार्ता गर्नुभएको थियो ।
सो वार्ताका क्रममा अमेरिकी उपराष्ट्रपति बाइदेनले युक्रेनको सुरक्षा र स्थिरताका लागि अमेरिकाले जे जस्तोसुकै सहयोग गर्न पनि पछि नपर्ने बताउनुभएको सो विज्ञप्तिमा जनाइएको छ ।
पूर्वी युक्रेनमा हालैका दिनमा त्यहाँका विद्रोहीहरुले विद्रोह गरिरहेका छन् । उनीहरुले त्यहाँबाट आफूहरुले आत्मनिर्णयाको अधिकारको प्रयोग गरी रसियामा विलय हुन पाउनुपर्ने माग गरिरहेका छन् ।
तर पृथकतावादीहरुको सो आन्दोलनको सरकारले कुनै पनि हालतमा समर्थन गर्न नसकिने भनेको छ । सोही कारण सो स्थानमा सरकारी सेना र पृथकतावादीहरुका बीचमा गत हप्तादेखि नै निरन्तर भिडन्त जारी रहेको छ । रासस÷एपी














प्रतिक्रिया