काठमाडौँ, ८ साउन । नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले आजको नेपाल बन्द सफल पार्न केन्द्रीय नेताहरुलाई ठाउँ ठाउँमा परिचालन गरेको छ ।
केन्द्रीय नेताहरुले काठमाडौँ उपत्यकाका मुख्य चोकको जिम्मा लिएका छन् । रत्नपार्क, बालाजु, कोटेश्वर, चावहिल, गंगबुँ, लगनखेल भक्तपुरको सूर्यविनायक लगायत मुख्य ठाउँमा नेताको कार्यविभाजन गरिएको माओवादीले जनाएको छ ।
माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रत्नपार्कमा खटिएका छन् भने नेता तिलक
परियारले नयाँ वानेश्वर मोर्चाको नेतृत्व गर्दैछन् । पार्टीका केन्द्रीय सदस्य र जनवर्गीय संगठनका अध्यक्षहरुले विभिन्न ठाउँमा नेतृत्व गर्ने केन्द्रीय सदस्य तथा प्रचारप्रसार इन्चार्ज शरद सिंह भण्डारीले बताए ।
त्यसैगरि बाहिर जिल्लामा केन्द्रीय सदस्यको नेतृत्वमा कार्यविभाजन गरेको छ ।













प्रतिक्रिया