काठमाडौं, ८ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै काठमाडौंका विभिन्न स्थानमा सवारी साधनमाथि तोडफोड तथा आगजनी गरेका छन् ।
काठमाडौंका प्रहरी प्रवक्ता एसपी विश्वराज पोखरेलका अनुसार बन्दकर्ताले महाराजगन्ज चोकमा एउटा बस र गोङ्गबुमा दूधको गाडीमा तोडफोड गरेका छन् ।
बन्दका कारण उपत्यकामा शैक्षिक संस्थामा समेत पठनपाठन हुन सकेको छैन् । बन्दका क्रममा तोडफोड र आगजनी गर्ने नेकपा माओवादीका नेता तिलक परियार, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीसहित हालसम्म ५२ जनालाई उपत्यका ठाउँठाउँबाट पक्राउ गरिएको एसपी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही कार्यकर्ता पेट्रोलसहित पक्राउ परेका छन् ।
बन्दकर्ता सडकमा खासै नदेखिएपनि सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् । मोटरसाइकल र निजी कार भने जोखिम मेलेर चलिरहेका छन् ।












प्रतिक्रिया