२८ आश्विन २०८३, बुधबार

युक्रेनलाई सहयोग रहन्छः अमेरिकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Joe BidenPhone– एपी
वासिङ्गटन, २९ जेठ । अमेरिकी उपराष्ट्रपति जो बाइदेनले युक्रेनलाई अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार युक्रेनका राष्ट्रपतिसँगको टेलिफोन वार्ताका क्रममा सो प्रतिबद्धता व्यक्त गरेको ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

उनले फोनवार्तामा युक्रेनको वर्तमान अवस्था, रसियासँगको सम्बन्धका साथै अमेरिकाले युक्रेनलाई गर्ने सहयोगका बारेमा कुराकानी गरेको समाचारमा जनाइएको छ ।

ह्वाइट हाउसका अनुसार हालैका दिनमा पूर्वी युक्रेनमा बढ्दो असुरक्षाका बारेमा कुराकानी गर्न युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोसँग उनले बुधबार फोनवार्ता गरेका हुन् ।

वार्ताका क्रममा अमेरिकी उपराष्ट्रपति बाइदेनले युक्रेनको सुरक्षा र स्थिरताका लागि अमेरिकाले जे जस्तोसुकै सहयोग गर्न पनि पछि नपर्ने उनले बताए ।

पूर्वी युक्रेनमा हालैका दिनमा त्यहाँका विद्रोहीहरुले विद्रोह गरिरहेका छन् । उनीहरुले त्यहाँबाट आफूहरुले आत्मनिर्णयाको अधिकारको प्रयोग गरी रसियामा विलय हुन पाउनुपर्ने माग गरिरहेका छन् ।

तर पृथकतावादीहरुको सो आन्दोलनको सरकारले कुनै पनि हालतमा समर्थन गर्न नसकिने भनेको छ । सोही कारण सो स्थानमा सरकारी सेना र पृथकतावादीहरुका बीचमा गत हप्तादेखि नै निरन्तर भिडन्त जारी रहेको छ ।