२० कार्तिक २०८३, शुक्रबार

सीमाङ्कनसहितको संविधान जारी गर्न थप १५ दिन प्रयास गर्नुपर्छ : सञ्चारन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra-Rijalविराटनगर, ७ साउन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले प्रादेशिक सीमाङ्कनसहितको संविधान जारी गर्न थप १५ दिन प्रयास गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आज स्टार एफएमको उद्घाटन गर्दै उहाँले प्रादेशिक सीमाङ्कनसहितको संविधान जारी गर्न थप १५ दिन प्रयास गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो – सो अवधिमा संविधानसभाभित्र र बाहिर रहेका असन्तुष्ट दलहरुलाई सहमतिलाई ल्याउन प्रयास गरिनुपर्दछ ।

प्रेस स्वतन्त्रताका साथै प्रकाशन र प्रसारण गर्ने अधिकारलाई कुण्ठित पार्ने संविधान नआउने उहाँको भनाई थियो ।