काठमाडौं, ६ साउन । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा सबैलाई सुझाव दिएका छन् । नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) नै किन ? भन्ने विषयमा टिप्पणी राख्दै आफ्नो सुझाव सम्पूर्ण नागरिक तथा नेतासामू प्रस्तुत गरेका हुन् ।
यस्तो छ बाबुरामले दिएको सुझाव :
नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ( राष्ट्रपति वा प्रधानमन्त्री ) नै किन?
– देशको सर्वोच्च नेतृत्व चयनमा आम जनताको प्रत्यक्ष सहभागीता सुनिश्चित गर्दै लोकतन्त्र सुदृढ गर्न!
– देशमा बलियो जनअनुमोदित नेतृत्व स्थापित गरेर बाह्य चलखेल न्यून गर्दै राष्ट्रिय स्वाधीनता, स्वाभिमान र एकता मजवुत पार्न!
– मिश्रित निर्वाचन प्रणालीले ल्याउन सक्ने अस्थीरता अन्त्य गर्दै राजनीतिक स्थीरता र स्थायित्व कायम गरेर तीव्र र दिगो आर्थिक विकास र समृद्धि सुनिश्चित गर्न!
– संघीय गणतान्त्रिक नेपालमा संघीय राज्यहरुलाई पर्याप्त स्वायत्तता सहित बलियो केन्द्रको निर्माण गर्न र विविधता बीच एकता ग्यारेन्टी गर्न!
– अढाइ सय वर्षदेखिको राजतन्त्रात्मक मुलुकमा परिवर्तन सहितको स्थायीत्व सुनिश्चित गर्न!
वेलैमा सोचौं! वेलैमा गल्ती सच्याउँ!!












प्रतिक्रिया