
काठमाडौँ, ९ भदौ । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै देशव्यापी आन्दोलन शुरु गरेको छ।
महासङ्घले सोमवार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र बुझाएको हो। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनको पहिलो चरणअन्तरगत ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए ।
आन्दोलनरत शिक्षकहरूलाई नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले विद्यालय शिक्षा ऐनमा राम्रा कुराहरू पनि भएकाले तिनीहरूलाई स्वागत गर्न आग्रह गरे ।
उनले शिक्षकहरूका धेरै माग पूरा गरिएको र केही मागहरू भने सम्बोधन गर्न बाँकी रहेकाले आगामी दिनमा सम्बोधन गर्दै जाने बताए । उनले सरकारलाई पनि शिक्षकसँग गरेका सहमति पालन गर्न आग्रह गरे ।
सरकारलाई ठूलो आर्थिक भार नपर्ने खालका शिक्षकका मागहरू सम्बोधन गरेर अगाडि बढ्न सकिने उनको भनाइ छ । नेपाली काङ्ग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले अहिले शिक्षा विद्येयक आउनु नै महत्वपूर्ण भएको बताए । उनले विद्येयक अपरिवर्तनीय नभएकाले अभ्यास गर्दै जाँदा समस्या परेको अवस्थामा संशोधन गर्न सकिने बताए ।















प्रतिक्रिया