भद्रपुर, ६ साउन । संविधान सुझाव सङकलनको क्रममा भएको विरोधमा प्रहरीबाट पार्टी अध्यक्षलगायत नेताहरुमाथि भएको दमन भएको विरोधमा राप्रपा नेपालले आज गरेको विरोधका कारण पूर्वाञ्चलका केही जिल्लाहरुमा यातायात सञ्चालन हुन सकेका छैनन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र सभासद् गणेश थापामाथि भएको दमनको विारेधमा झापालगायत विभिन्न पहाडी जिल्लाहरुमा यातायात सुरुचारु हुन नसक्दा जनजीवन प्रभावित भएको छ ।
विरोधका क्रममा कुनै अप्रिय घटना नभए पनि शनिबारदेखि मङ्लबारसम्म भएको सार्वजनिक बिदापछि आज खुल्ने सरकारी कार्यालय पनि प्रभावित भएका छन् । बन्दकर्ताले सार्वजनिक स्थलमा भेला भई हिन्दू परम्पराको मन्त्र उच्चारण एवम् शङ्ख फुकिरहेका छन् ।
यता नेपाल बन्द गर्ने पार्टीेको कुनै नीति नभएको स्पष्ट गर्दै सहमहामन्त्री राजाराम श्रेष्ठले उक्त घटनाको विरोधमा जिल्ला तहमा विरोधका कार्यक्रमहरु गर्न सकिने भन्ने निर्णयका आधारमा सर्वसाधारण जनतालाई असजिलो नहुने गरी शान्तिपूर्ण प्रदर्शन गरिएको बताउनुभयो । रासस












प्रतिक्रिया