२० कार्तिक २०८३, शुक्रबार

चार दलले चाँहेमा जे पनि हुन सक्छ : भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sharat_singh_bhandariमहोत्तरी, ६ साउन । राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष शरतसिंह भण्डारीले नेपालमा शीर्ष चार दलले चाँहेमा कुनै कुरा पनि असम्भव नभएको बताएका छन् ।

महोत्तरीको बर्दिवासमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै भण्डारीले अहिले संविधान निर्माण प्रक्रिया अगाडि बढिरहेको र सीमाङ्कनसहित संविधान ल्याउनुपर्ने बताए ।

उनले भने-‘चार दलले चाहेमा २४ घन्टाभित्र सीमाङ्कनको टुङ्गो लगाउन सक्छन्, तसर्थ म आग्रह गर्छु कि सीमाङ्कनसहितको संविधान जारी होस् ।’

आफ्नो पार्टीले संविधान र गाउँघरको विकास निर्माणमा विशेष भूमिका खेल्ने भण्डारीको धारणा छ । समाजमा रहेको आवाजविहीन महिला तथा बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक, पिछडिएका वर्ग, दलित जनजातिकोे स्तर वृद्धि, सुरक्षालगायत क्षेत्रमा युवाले तदारुकताका साथ लाग्नुपर्ने अध्यक्ष भण्डारीको भनाइ छ ।