रुपन्देही, ५ असार । संविधानको मस्यौदामा सुझाव संकलन कार्य चलिरहँदा रुपन्देहीमा प्रदर्शनकारीले प्रहरी बिटमा आगो लगाएका छन् ।
हाम्रा रुपन्देही सम्वाददाता विवेक विश्वकर्माका अनुसार प्रहरीसँगको झडपले उग्र रुप लिएपछि प्रदर्शनकारीले धकधईको इलाका प्रहरी कार्यालय अन्तगर्तको विटमा आगो लगाएका हुन् ।
आज विहान रुपन्देहीको क्षेत्र नम्बर एक छगर्झइको रामनरेश यादव आदर्श उच्चमाविमा सुझाव संकलनका क्रममा मधेसी नेता तथा कार्यकर्तालाई भित्र छिर्न नदिएपछि गेटमै नाराबाजी भएको थियो ।

नाराबाजी रोक्न प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । झडपमा परी २ प्रहरी जवानसहित चार जना घाइते भएका छन् ।
रुपन्देहीको धकधईमा प्रहरीसँग भएको झडपमा प्रहरी जवान टेकबहादुर घाम, केशव पाण्डे र प्रदर्शनकारी प्रशान्त गुप्ता र सर्वजित यादव घाइते भएका छन् ।
उनीहरुको धकधई स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सो केन्द्रका नेपाली कांग्रेसका सभासद् अब्दुरज ज्याकको टोलीले सुझाव संकलन गरिरहेको छ ।















प्रतिक्रिया