काठमाडौं, ५ साउन । संविधानको मस्यौदामा सुझाव संकलन गर्ने कार्यक्रम चलिरहदा काठमाडौंको बानेश्वरमा झडप भएको छ ।
बानेश्वर ब्याङ्केटमा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा काठमाडौं क्षेत्र नं १ को सुझाव संकलन भइहरहेको बेला राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको प्रहरीले जनाएको छ ।
राप्रपा नेपाल कार्यकर्ताले नाराबाजी गरेपछि प्रहरी बल प्रयो गर्न खोज्दा झडपको अवस्था सिर्जना भएको हो । सुझाव संकलनका बेला राप्रपा नेपालका कार्यकर्तालाई प्रहरीले कार्यक्रमस्थलमा जान नदिएपछि झडप बढेको थियो ।
कार्यक्रमस्थल बाहिर राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा समेत जलाएका छन् । उनीहरुले हिन्दू राज्यको माग गर्दै नाराबाजी गरिरहेका छन् । सुझाव दिन वानेश्वरमा हजारौंको संख्यामा जनताहरु आएका छन् ।












प्रतिक्रिया