झापा, ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित संविधानको मस्यौदामाथिको सुझाव सङ्कलन कार्यक्रममा तोडफोड भएको छ ।
आफ्नो गृह क्षेत्र दमकमा आयोजना गरिएको सुझाव सङ्कलन कार्यक्रममा उपस्थित भएका अध्यक्ष ओलीलाई लक्षित गरी तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड गर्ने दुईजना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार रेडक्रस सभाहलमा झापा–७ का सभासद् तथा एमाले अध्यक्ष ओली बोलिरहँदा लिम्बुवानका कार्यकर्ताले हल बाहिर चर्को नाराबाजी र माइक तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन ती दुई प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सङ्घीय लिम्बुवान पार्टी नेपालका सन्तोष तुम्बापो र ध्रुव लावती रहेका छन् । मस्यौदा संविधानमाथि सुझाव लिने कार्यक्रममा एमाले अध्यक्ष ओली र काँग्रेस सभासद् महेन्द्राकुमारी लिम्बू सहभागी थिए ।












प्रतिक्रिया