काठमाडौं, ४ साउन । संविधानको मस्यौदामाथि राय सुझाव लिन सिराहा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालो झण्डाको सामना गर्नु परेको छ ।
सिराहाको क्षेत्र नम्बर-५ मा केही मधेसी दल र मातृका यादव नेतृत्व नेकपा-माओवादीका कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।
क्षेत्र नम्बर-५ स्थित मोहन उच्चमाथि मिर्चौयाको सुझाव संकलन केन्द्रमा पुग्ने बित्तिकै दाहाललाई कालोझण्डा देखाइएको थियो । कालो झण्डा देखाएपछि मिर्चौया क्षेत्र तनावग्रस्त बनेको थियो ।
दाहाल सोमबार दिउँसो आफ्नो निर्वाचन क्षेत्र पुगेका थिए ।












प्रतिक्रिया