२० कार्तिक २०८३, शुक्रबार

भारत भ्रमण सकेर प्रचण्ड फर्किए, प्रचण्डलाई मोदीले कोशेलीमा के दिए ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-with-modiकाठमाडौँ, ४ साउन । भारतको साताव्यापी भ्रमण सकेर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार स्वदेश फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड असार २९ गते भारत भ्रमणमा निस्किएका थिए । देशमा संविधान निर्माणको काम रफ्तारमा चलिरेहका बेला प्रचण्ड भारत जाँदा धेरैको मनमा शंका पनि उब्जिएका थिए ।

त्यो शंका प्रचण्डले आज स्वदेश फर्किपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी सफाई दिएका छन् । भ्रमणका क्रममा प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज लगायतका उच्चस्तरीय देखि सबै स्तरका नेतासम्मलाई भेटेका थिए ।

यस्ता छन् एकहप्ते भारत भ्रमणबाट प्रचण्डले नेपालका लागि ल्याएका कोसेली (बुँदासहित) :

नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान गर्ने भारत सरकारको वचन ।

कालापानी, सुस्ता, लिपुलेकलगायतका स्थानमा देखिएको सीमा समस्या समाधान गर्ने भारतीय सरकारको वचन ।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समस्याको समाधान गर्ने अर्काे वचन ।

सीमा समस्या, बढ्दो व्यापार घाटा कसरी समाधानका विषयमा छलफल ।

भारतमा रहेका नेपालीले भोग्नुपरेका विभिन्न समस्या, बैंक खाता खोल्दा भोग्नुपरेको अप्ठ्यारो, भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने महँगो शुल्क, भारतमा क्रियाशील अखिल भारतीय एकता समाजमाथि लागेको प्रतिबन्ध हटाउन पहल गर्ने वचन ।

‘‘सबै समस्यालाई जिम्मेवार भएर हल गर्ने भारत सरकारको अर्काे वचन ।

संविधान लेखनमा भारतको साथ ।

सबै पक्षलाई मिलाएरै संविधान बनाउँदा राम्रो हुने भारतीय प्रधानमन्त्रीको सुझाव । अन्य नेताहरुको पनि
त्यसैमा जोड ।

भूकम्पले ध्वस्त पारेको गुजरात भ्रमणबाट आफूले नेपालको पुनःनिर्माण कसरी गर्न सकिन्छ भन्ने शिक्षा नेपालले पायो ।