२० कार्तिक २०८३, शुक्रबार

‘मस्यौदामा धर्म-धर्मबीच लडाउने खेल सुरु भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhimarjun– डम्मरराज भट्ट
महेन्द्रनगर ३ साउन । संविधानविद् डा.भीमार्जुन आचार्यले संविधानको पहिलो मस्यौदाले समुदाय समुदायबीच द्वन्द्व बढाउने खतरा बढेको बताउनुभएको छ ।

संविधानमा नेपाललाई हिन्दु राष्ट्र बनाउन स्वधर्म संस्कृति संरक्षण अभियान कञ्चनपुरले आईतबार सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले जनताको हातमा दिइएको संविधानको मस्यौदामा धर्मलाई उचालेर नेपाली नेपालीबीच लडाउने काम भइरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो-‘संविधानको प्रास्तावनामा क्षेत्रीय, भाषिक र जातिय विभेद कायम गरिएको छ । यसले नेपालीलाई उचालेर एकआपसमा भिडाउने सम्भावना बढी छ ।’

नयाँ संविधानमा राष्ट्र धर्मनिरेपक्ष राखिनुपर्ने उहाँको सुझाव छ । संविधान जनताको चाहना अनुसार निर्माण हुने सम्भावना कम रहेको विश्लेषण गर्दै संविधानविद् आचार्यले नयाँ संविधान सफल हुनेमा शंका व्यक्त गर्नुभयो ।

आमासभामा बोल्ने अधिकांशले सविधानमा नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका थिए । ९२ प्रतिशत हिन्दुधर्मालम्बी भएको देशमा धर्मनिरपेक्षता घोषणा गरेर दलहरुले नेपालको धार्मिक पहिचान गुमाउन लागेको भन्दै वक्ताहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।