२९ आश्विन २०८३, बिहिबार

महोत्तरीमा छिमेकीको हत्या गरेको आरोपमा १ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

महोत्तरी , ३ साउन । महोतरी गौशालाको रजखोरमा पेट्रोल छर्की आगो लगाएर छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

गौशाला–४ रजखोरका ५० वर्षीय बलिराम साहलाई असार २६ गते पेट्रोल छर्की आगो लगाएको आरोपमा स्थानीय ३० वर्षीय सुरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहलाई भारतको मधुवनीबाट बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बलिराम साहको बुधबार उपचारका क्रममा मृत्यु भएको थियो। गम्भीर घाइते बलिरामलाई तत्काल नजिकको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।