२९ आश्विन २०८३, बिहिबार

सर्वोच्च अदालतका न्यायाधीश बमको हत्याका अभियुक्त बाबु थापा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीस रणबहादुर बमका हत्या अभियुक्त बाबु थापा भनिने मेघबहादुर थापा पक्राउ परेका छन् ।

जेनजी आन्दोलनमा काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका उनलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो । सर्लाही प्रहरीले उनलाई बागमती नगरपालिका–१ स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो।

उनको साथबाट दुई थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।