काठमाडौँ, ३ साउन । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको प्रक्रियाको विरोध गरिरहेका र संविधानसभाबाहिर रहेका सबै दललाई सहमतिमा ल्याएर संविधान जारी गरिने बताउनुभएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनले ५३औँ इन्जिनियर्स दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले अब बन्ने संविधानमा सबैका हकअधिकार सुनिश्चित हुने भएकाले सबै दल सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकमा लामो समयदेखि राजनीतिक अस्थिरता र अशान्ति भएकाले विकास अवरुद्ध हुन पुगेको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘अहिले सबै दलका नेतामा देशप्रति चिन्ता छ, तसर्थ अब मुलुकले छिट्टै निकास पाउनेछ ।’
भूकम्पपछिको पुनः निर्माण र नवनिर्माणमा इन्जिनियर तथा अन्य प्राविधिक जनशक्तिको ठूलो महत्व हुने बताउँदै उहाँले लामो समयदेखि मुलुकमा रहेको सङ्क्रमणको अन्त्य गरी सबैलाई विकास निर्माणतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।












प्रतिक्रिया