भक्तपुर, ३ साउन । पूर्वसञ्चारमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले जनतामाझ पुगेको संविधानको मस्यौदाका सुझाव नयाँ संविधानमा समेटिने बताउनुभएको छ ।
भक्तपुरमा अनेरास्ववियुले आज आयोजना गरेको प्रवेशिका उत्तीर्ण विद्यार्थीको सम्मान कार्यक्रममा उहाँले साउन महिनाभित्रै संविधान आउनेमा ढुक्क हुन आग्रह गर्नु भयो ।
उहाँले नयाँ संविधानमा कक्षा १२ सम्मको पढाइलाई आधारभूत शिक्षा बनाउँदै निःशुल्क गर्नका लागि संविधानका मस्यौदामा समेत समावेश गरिएको बताउँदै शिक्षा निःशुल्क हुने उल्लेख गर्नु भयो ।
अनेरास्वबियु जिल्ला उपाध्यक्ष जयराम बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष किशोरविक्रम मल्ल, प्याब्सन भक्तपुरका अध्यक्ष राजकुमार श्रेष्ठ, एमाले भक्तपुरका विद्यार्थी इन्चार्ज रजन केसी, अनेरास्ववियु जिल्ला अध्यक्ष सुमन न्यौपाने लगायतले शिक्षालाई व्यावहारिक बनाउन राज्यले नीतिगत व्यवस्था गर्नुपर्ने धारणा राख्नु भयो ।












प्रतिक्रिया