२८ आश्विन २०८३, बुधबार

सुनको मुल्य बढेको बढ्यै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, जेठ २८ । लगातार उतारचढाब आईरहेको सुनको मूल्य बुधवार तोलामा तीन सय रुपैयाँले बढेर ५१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार प्रतितोला सुनको मूल्य ५१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्ने क्रममा रहेको महासंघले जनाएको छ । बुधबार नेपाली बजारमा चाँदीको मूल्यमा कुनै घटबढ भएन । मंगलबार प्रतितोला चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।