
झापा २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्ने बताएका छन् । हुलाकी राजमार्ग अन्तर्गत गौरीगञ्ज आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन गर्दै कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह गरेका हुन् ।
‘अब नेपालमा गरिबीको आयु नै १५ वर्ष हो। यो अवधिमा हामीले गरिबी अन्त्य गर्नुपर्छ र आधुनिक र विकसित देशतर्फ अगाडि बढाउन आधारहरू बनिसकेको छन् तथा विद्युत्, सञ्चार क्षेत्र आइटी क्षेत्रमा विकास भैरहेको कुरा उल्लेख गरे। ओलीले बाटो, पुल, सिचाई आयोजना निर्माण गर्ने बताए। विकास निर्माणमा असाधारण प्रगति भइरहेको बताएका छन् ।








प्रतिक्रिया