२० कार्तिक २०८३, शुक्रबार

जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार कोइरालालाई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २८ असार । प्रेस चौतारी मोरङले जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुदिप कोइरालालाई प्रदान गर्ने भएको छ ।

विराटनगरमा शनिबार बसेको चौतारी मोरङ जिल्ला समितिको बैठकले यस वर्षको पुरस्कार कोइरालालाई दिने निर्णय गरेको अध्यक्ष चीना थापाले जानकारी दिइन् ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज सुमन सुस्केराको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनौट समितिले सिफारिस गरेको नामलाई चौतारी जिल्ला कार्यसमिति बैठकले अनुमोदन गरेको हो ।

पत्रकार कोइराला कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक हुन् भने प्रेस चौतारी मोरङका निवर्तमान अध्यक्ष समेत हुन् ।  उनी हाल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको कोषाध्यक्ष हुन् । उनी डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

पुरस्कार साउनको दोस्रो हप्ता एक कार्यक्रमको आयोजना गरी वितरण गरिने प्रेस चौतारी मोरङले जनाएको छ । २०६६ सालमा स्थापना गरिएको यो पुरस्कार यसअघि  पत्रकार दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, विक्रम लुइँटेल, धर्मराज ढकाल, भुपेन्द्र तिम्सिना, गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई, कमल पौडेल, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी  र  बाबुराम भण्डारीले प्राप्त गरिसकेका छन् ।