काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उच्च गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५९ सय रुपैयाँले घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य १३ हजार तीन सय रुपैयाँले बढेर दुई लाख ८८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । आज चाँदी तोलामा ११० रुपैयाँले घटेर तीन हजार आठ सय १० रुपैयाँ कायम भएको छ ।
हिजो चाँदी तोलामा ३ हजार ९२० रुपैयाँमा किनबेच भएको थियो ।












प्रतिक्रिया