काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुबोध प्रधानलाई मनोनित गरेको छ ।
१५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले जारी गरेको पत्रमा संघलाई आगामी छ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित प्रधानलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको उल्लेख छ ।
यसअघि संघको महासचिवको जिम्मेवारी सम्हालिसकेका प्रधान कांग्रेसका महासमिति सदस्य समेत हुन् ।
कराते तथा किक बक्सिङ खेलसँग आबद्ध प्रधान खेलकुद क्षेत्रको विकास र संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।













प्रतिक्रिया