२० कार्तिक २०८३, शुक्रबार

‘नयाँ बन्ने संविधान चारदिन पनि टिक्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa1हेटौँडा, २ साउन । राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले चार दलले संविधानको मस्यौदा जनतालाई अध्ययन गर्ने समय पर्याप्त उपलब्ध नगराउँदा नयाँ बन्ने संविधान दिगो र स्थायित्वपूर्ण हुन नसक्ने बताउनुभएको छ ।

अध्यक्ष थापाले राप्रपा (नेपाल) मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै सङ्घीयता, राजसंस्था सम्बन्धमा र ९१ प्रतिशत हिन्दूको भावनालाई समेट्न सरकारले राष्ट्रिय जनमत सङ्ग्रह गराउनुपर्ने र सो जनमत सङ्ग्रहबाट आएको निर्णयलाई सबै नेपालीले आत्मसात् गर्नसक्ने बताउनुभयो ।

अध्यक्ष थापाले राष्ट्रमा संविधान जारी गर्न र राष्ट्रको स्वाधिनतालाई उच्च राख्न दलका प्रमुख नेताहरु स्वदेशमा भन्दा मुलुक बाहिर गएर बाह्य शक्तिको भूमिका खोजी हिँड्नु राष्ट्रघातक हुने आरोप लगाउनुभयो ।