
हेटौंडा, १६ असार । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।
गत असार १२ गतेका लागि तोकिएको बैठक विशेष कारणले स्थगन भएको थियो । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गते सारिएको जानकारी गराएको थियो ।
आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालय हेटौंडाले जनाएको छ ।









प्रतिक्रिया