२० कार्तिक २०८३, शुक्रबार

समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज धान दिवसको अवसरमा शुभकामना दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले अब रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना– यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ । तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ ।’

प्रधानमन्त्री ओलीले कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनु पर्ने धारणा राख्दै दही चिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना दिए ।