२२ असार २०८३, सोमबार

मदन जयन्ती : उदयपुरमा सात जना हरित प्रवर्तक सम्मानित

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, १४ असार । मदन भण्डारी फाउण्डेसन उदयपुरले शनिबार जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा सात जना हरित प्रवर्तक नर्सरी सञ्चालकहरुलाई सम्मानित गरेको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी उदयपुरको समन्वय र मदन भण्डारी फाउण्डेसन उदयपुरको आयोजनामा सात जना हरित प्रवर्तकहरू सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा अकुवा एन्ड गार्डेन नर्सरी त्रियुगा नगरपालिका–११ का सञ्चालक जीवन भुजेल, सरस्वती नर्सरी त्रियुगा नगरपालिका–३ मोतिगडा भिखनाथ मोची, ओखल्ढुङ्गे नर्सरी त्रियुगा नगरपालिका–१२ का सञ्चालक ध्रुवकुमारी राई, लक्ष्मी नर्सरी त्रियुगा नगरपालिका–१० का सञ्चालक किरन पुलामी मगर, अजम्मरी कृषि नर्सरी त्रियुगा नगरपाकिला–५ श्रीपुरका सञ्चालक शुष्मा राई, ध्रुव नर्सरी त्रियुगा नगरपालिका–११ का सञ्चालक पदमबहादुर कार्की र उत्तम हाइटेक नर्सरी त्रियुगा नगरपालिका–३ का सञ्चालक कुन्दन ढुङ्गाना रहेको मदन भण्डारी फाउण्डेसन उदयपुरका अध्यक्ष विकास बन्जाराले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले अहिलेको अवस्थामा जलवायु परिवर्तन र वातावरणीय प्रदूषणसँगै पृथ्वीको पर्यावरण एवम् वातावरण संरक्षण उजाड बन्दै गएको बेला पृथ्वीलाई पुनः हराभरा बनाउन नर्सरीमार्फत लाखौंको संख्यामा बेर्ना उत्पादन गरी वन विस्तार तथा हरियाली प्रवर्धनमा सहयोग गर्ने स्रस्टाहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

फाउण्डेसन उदयपुरका अध्यक्ष विकास बन्जाराले स्वास्थ्य मानव र हरित पृथ्वी निर्माणको यात्रामा सानो सहयोग भएपनि नर्सरीबाट मिलेकाले यस्ता हरित प्रवर्तकलाई सम्मान गर्दै जानु पर्नेमा जोड दिए ।

शुक्रबार मदन भण्डारीको ७४औं जन्मजयन्तीको पूर्वसन्ध्यामा छिमेकी जिल्लासहित उदयपुरको विभिन्न पालिकाबाट आएका मोतियाविन्दुका ४९ जना बिरामीको नेपाल नेत्र ज्योति संघ मदन भण्डारी आँखा अस्पताल गाईघाटले निःशुल्क शल्यक्रिया गरेको थियो । शनिबार उनीहरुको एक कार्यक्रमका बीच आँखाको पट्टी खोलिएको छ ।

मदन भण्डारी फाउण्डेसन उदयपुरको सहयोग र नेपाल नेत्रज्योती संघ मदन भण्डारी आँखा अस्पतालको समन्वयमा सम्पन्न भएको मोतियाविन्दु बिरामीको आँखाको शल्यक्रिया कार्यक्रमलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानका वरिष्ठ नेत्र विशेषज्ञ डा. वेन्जु लामिछाने नेतृत्वको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो । नेपाल नेत्रज्योती संघ मदन भण्डारी आँखा अस्पतालका अध्यक्ष भागवत राउतका अनुसार यस्तो निःशुल्क सेवा कार्यक्रमले दृष्टि समस्याबाट पीडित तथा विपन्न वर्गलाई ठूलो राहत पु¥याएको बताए ।

निःशुल्क सेवा प्राप्त गरेका बिरामी तथा सेवाग्राहीहरु जननेता मदन भण्डारीको स्मृतिमा आयोजना गरिएको यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै यस्ता सेवा निरन्तर सञ्चालन गर्नुपर्ने विचार समेत व्यक्त गरेका थिए ।

शनिबारै मदन भण्डारी फाउण्डेसन उदयपुरले एमाले उदयपुरको समन्वयमा जिल्लाको चौदण्डीगढी नगरपालिका–५ धामिचाप खोलाको बाँधमा “जैविक बाँध निर्माणका लागि बाँस” भन्ने नारासहित बाँस रोप्ने कार्यक्रमको आयोजना गरेको छ ।