२० कार्तिक २०८३, शुक्रबार

पर्सामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १३ असार । पर्सामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय आकाश पटेल र १७ वर्षीय गोलु पटेलको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टर तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई सडकबाट झन्डै १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टले बताए । उनका अनुसार ट्याक्टरमा नम्बर प्लेट उल्लेख नभएको र भेडाहा खोलाबाट माटो बोकेर बगहीतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना परेको हो ।

ट्याक्टर दुर्घटनामा घाइते भएका जयकुमार मण्डलको नारायणी अस्पतालमा उपचार भइरहेको डीएसपी भट्टले जानकारी दिए । यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।