९ असार २०८३, मंगलबार

कोशी प्रदेशको बजेट पारित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १३ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ ।

सरकारले प्रस्ताव गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट बिहीबार प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको हो ।

सरकारले असार १ गते बजेट पेश गरेको थियो । बजेटमाथि भएको छलफलमा ३८ जना सांसदले भाग लिएका थिए । छलफलपछि पारितका लागि आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सदनसमक्ष प्रस्ताव पेश गरेका थिए ।

सरकारले चालु खर्चका लागि १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । आय स्रोतको अनुमान अनुसार आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड र बाँकी रकम संघीय सरकारबाट प्राप्त हुने अनुदानबाट व्यवस्थापन गरिने उल्लेख छ ।

पारित बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ ।