२० कार्तिक २०८३, शुक्रबार

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ७ असार । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका–१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए । “सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ,” प्रहरी नायव उपरिक्षक सारुले भने । उनले तत्कालै सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए ।

पहिरोले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ । यो सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका–७ स्थित सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गएिको प्रहरीले जनाएको छ ।