२० कार्तिक २०८३, शुक्रबार

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र नायब सुब्बा पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई पक्राउ गरेको छ । श्रीवास्तव हाल बहादुरमाई नगरपालिका पर्सामा कार्यरत छन् ।

विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोकबाट पक्राउ गरेको हो ।

आयोगले उनीहरूबाट चार थान मोबाइलसमेत बरामद गरेको छ ।

यस्तै, आयोगले पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंह र वडा नं २ का सचिव ओमप्रकाश चौरसियाको साथबाट मोबाइल दुई थान बरामद गरी थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।