२० कार्तिक २०८३, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ४०० रुपैयाँ र चाँदीमा २५ रुपैयाँले घटेकामा त्यति नै परिमाणको सुन र चाँदी आज क्रमशः ८०० रुपैयाँ र ५० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९४ हाजर ७०० रुपैयाँ, सोही परिमाणको चाँदीको मोल दुई हजार १५० रुपैयाँ निर्धारण भएको छ । बिहीबार प्रतितोला सुन एक लाख ९५ हजार ५०० रुपैयाँ र चाँदी दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।