२० कार्तिक २०८३, शुक्रबार

भारतीय गृहमन्त्री सिंहसँग प्रचण्डको भेटवार्ता, के-के भयो ‘वान टु वान’ वार्ता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

238227-rajnath-prachandaकाठमाडौं, १ साउन । भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेका छन् ।

भारतको राजधानी नयाँदिल्ली स्थित गृह मन्त्रालयमा प्रचण्ड र राजनाथ सिंहबीच ‘वान टु वान’ वार्ता भएको हो । करिब आधा घण्टासम्म चलेको वार्तामा गृहमन्त्री सिंहले प्रचण्लाई नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणलाई आफै नेतृत्व लिएर छिट्टै पूरा गर्न आग्रह गरेका छन् ।

भेटवार्ताका क्रममा गृहमन्त्री सिंहले प्रचण्डसँग भारतको माओवादी विद्रोहको बारेमा पनि छलफल गरेका थिए । गृहमन्त्रीको प्रश्नको जवाफमा प्रचण्डले भारतीय माओवादीसँगको सम्बन्ध उहिले नै टुटिसकेकाले केही जानकारी नभएको बताएका थिए । प्रचण्डले नेपाली भुमिलाई भारतविरुद्ध प्रयोग हुन नदिने स्पष्ट प्रतिबद्धता समेत जनाए ।

गृहमन्त्री सिंहले नेपालको पुनर्निर्माण कार्यमा जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताए । जस्तोसुकै जोखिम मोलेरपनि आफू संविधान जारी गर्न लागेको भन्दै छिट्टै संविधान जारी हुने विश्वास प्रचण्डले सिंहलाई दिलाएका थिए ।