
काठमाडौं, २५ जेठ । विद्युतको लाइन काट्नुअघि सूचना दिनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ ।
कानुनका विद्यार्थी विवेक चौधरीले विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई पूर्व सूचना दिन अनिवार्य बनाउन माग गर्दै रिट दायर गरेका हुन् ।
रिटमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइएको छ । रिटको सुनुवाई भोलिका लागि तोकिएको छ ।














प्रतिक्रिया