१२ कार्तिक २०८३, बिहिबार

सरकार र यातायात व्यवसायीबीच वार्ताका लागि समिति गठन

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । सरकारले यातायात व्यवसायीसँग वार्ताका लागि समिति गठन गरेको छ ।

आज भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरकारी वार्ता टोली बनाइएको हो ।

गृहमन्त्रालयमा गृहमन्त्री, मुख्यसचिव, यातायात मन्त्रालयका सचिवसँगको छलफलमा वार्ता टोली बनाएर थप छलफल गर्ने सहमतिपछि समिति गठन गरिएको हो ।

यातायात व्यवसायीको तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा वार्ता टोली बनाइएको छ । आजै दुई पक्षबीच वार्ता सुरू हुनेछ ।