१२ कार्तिक २०८३, बिहिबार

पोखराबाट आज पनि गाडीलाई स्कर्टिङ गरेर काठमाडौं र चितवन पठाइयो

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १९ जेठ । यातायात व्यवासयीको आन्दोलनका कारण पोखरामा अलपत्र परेका यात्रुलाई प्रहरीले आज पनि स्कर्टिङ गरेर गन्तव्यमा पठाएको छ ।

आज प्रहरीले १७ वटा बसलाई स्कर्टिङ गरेर काठमाडौं र चितवन पठाएको हो । बिहान सवा १० बजे डीएसपी बस्नेतको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी निरीक्षक रमेश कँडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले गाडी स्कर्टिङ गरेर गन्तव्यतर्फ लगेको हो।

पाँचसय ६४ जना पर्यटकलाई काठमाडौँका लागि १४ वटा सवारी साधन र पोखराबाट नारायणगढको लागि ३ वटा गरी १७ वटा सवारी साधनमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।