काठमाडौँ, १ साउन । सरकारले आइतबार इद पर्वको सार्वजनिक विदा दिने भएको छ ।
गृह मन्त्रालय अन्तरगतको केन्द्रीय हज कमिटीको सिफारिस अनुसार आइतबार सार्वजनिक बिदा दिइने हज कमिटीका अध्यक्ष ताज मियाँले दैनिक नेपाललाई जानकारी दिनुभयो । सार्वजनिक बिदा दिने विषयमा गृह मन्त्रालयले आज औपचारिक निर्णय गर्ने उहाँले बताउनुभयो ।
नेपालका मुस्लिम धर्माबलम्बीहरुले हर्षोल्लासपूर्वक इद पर्व मनाउँदै छन् ।













प्रतिक्रिया