
काठमाडौं, १६ जेठ । दुई दिनअघि ज्यान मुद्दाबाट सफाइ पाएर रिहा भएका काँग्रेस नेता अफताव आलमलाई मस्तिष्कघात भएपछि उपचार जारी छ । उनको माइतीघरस्थित न्युरो अस्पतालको आईसीयूमा उपचार भइरहेको हो ।
यसैबीच उनी बम काण्डको विषयमा आइसीयूमै बरबराइरहेका छन् । उनले ‘मान्छे मारेकै हो, तिमीहरु के गर्न सक्छौ भन्दै नर्सहरुलाई गाली गरिरहेका अस्पताल स्रोतले जानकारी दिएको छ ।
२०६४ सालको निर्वाचनका बेला आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इट्टा भट्टामा हालेर हत्या गरेको आरोप उनीमाथि छ ।
उनलाई गत बुधाबर उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाउँदै सफाई दिएको थियो ।










प्रतिक्रिया