२० कार्तिक २०८३, शुक्रबार

मन्त्री पण्डितको चेतावनी- ‘ग्रीनकार्ड र पिआरधारी कर्मचारीले जागिर नछाडे म आफै बर्खास्त गर्छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lalbabu-panditकाठमाडौं, ३१ असार । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआर पाएका निजामती कर्मचारीदेखि सभासद् र मन्त्रीसम्मले अब कि डिभी–पिआर त्याग्नुपर्ने कि आफू रहँदै आएको सरकारी सेवा त्याग्नुपर्ने बताउनुएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले डिभी र पिआरबारे छानबिन गरी सूची तयार पार्न लागिएको जानकारी दिँदै शङ्कास्पद कर्मचारी र अन्य निगरानीमा परिसकेको स्पष्ट गर्नुभयो ।

उहाँले एक तोकिएको समयभित्र निर्देशन पालना नगर्ने कर्मचारीलाई आफै बर्खास्त गर्ने चेतावनी दिनुभयो ।