२१ कार्तिक २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १ वैशाख । आज बिहान गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

काठमाडौंबाट गोरखा आउँदै गरेको बा८८प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भीमसेनथापा गाउँपालिका–६ अश्राङका २४ वर्षीय केशव पाण्डेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सरोज पाण्डेको भनाइ छ ।

गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर मोटरसाइकल दुर्घटना भएको थियो ।

मोटरसाइकलको पछाडि सिटमा बस्ने अश्राङकै १८ वर्षीय रवीन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं वीर अस्पतालमा पठाइएको छ ।