२१ कार्तिक २०८३, शनिबार

प्रतिक्रियावादी मण्डलेले गणतान्त्रिक व्यवस्थालाई हल्लाउन पनि सक्दैन : कैलाश ढुंगेल

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेकपा (एमाले)का बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले राजावादी प्रतिक्रियावादी मण्डलेले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई हल्लाउन पनि नसक्ने बताएका छन् ।

एमाले काठमाडौंको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढुंगेलले राष्ट्र विरोधी गतिविधि गर्नेहरू आज सडकमा तोडफोडमा उत्रिएका बताए । ‘मण्डलेहरूले मान्छेलाई ज्युँदै आगो लगाउने काम गरेका छन्, व्यापारिक प्रतिष्ठानहरूमा लुटपाट मच्चाउने काम गरिरहेका छन्, जनताको सम्पत्ति माथि धावा बोलिरहेका छन्’, उनले भने ।

खरानी बनाएर बागमतीमा सेलाएको धेरै वर्षपछि राजाका भूतले देशमा आतङ्क मच्चाउने प्रयास गरेकामा त्यसका नाइकेलाई प्रहरीले पक्राउ गरेको भन्दै उनले धन्यवाद दिए । उनीहरूलाई कारबाहीको दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।