२१ कार्तिक २०८३, शनिबार

चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । संघीय संसदको एक समितिले गृहमन्त्री रमेश लेखकसँग सोधपुछ गर्ने भएको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिले आज गृहमन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो ।

समिति सचिवालयका अनुसार २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानवअधिकार उलङ्घनका विषयहरूमाथि गृहमन्त्रीसँग छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।