२१ कार्तिक २०८३, शनिबार

रास्वपालाई स्वतन्त्र पार्टी बनाउन रविलाई सबैले बिर्सनुपर्छ : मुकुल ढकाल

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले स्वतन्त्र पार्टी बन्नको लागि सभापति रवि लामिछानेलाई सबैले बिर्सनुपर्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपालाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन सुझाएका हुन् ।

उनले लेखेका छन्, ‘रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । तितो लाग्न सक्छ, तर सत्य यहि हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनपर्छ । दुई–चार हजार अरिङ्गलका कमेन्ट हेरेर डराउन जरूरी छैन ।’